अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौं फिफा महिला विश्वकपको दोस्रो दिनका तीनै खेल सम्पन्न भएका छन् ।
भर्खरै सम्पन्न तेस्रो खेलमा स्पेनले कोस्टारिकाका ३-० ले पराजित गरेको छ । न्युजिल्याण्डको वेलिङ्टनमा भएको खेलको पहिलो हाफका ६ मिनेट सम्हालिन नसक्दा कोस्टारिकाले ३ गोलले पछाडि पर्यो । खेलको २१औं मिनेटमा कोस्टारिकाकी डेन क्याम्पोले आत्माघाती गोल गरेर स्पेनका लागि गोलको खाता खोलिदिएकी थिइन् भने २३औं मिनेटमा बोनमती र २७औं मिनेटमा गोल्जालेजले गोल गर्दै स्पेनको अग्रता ३-० बनाए । तर, ३४औं मिनेटमा स्पेनले पाएको पेनल्टीको मौका हर्मेसोले गुमाइन् ।
यसअघि समुह ए अन्तर्गत फिलिपिन्स र स्विट्जरल्याण्डबीच न्युजिल्याण्डको डुनेडिनमा भएको खेलमा स्विट्जरल्याण्ड २-० ले विजयी भएको थियो भने समुह बी अन्तर्गत क्यानडा र नाइजेरियाबीचको खेल बराबरीमा सकिएको थियो ।
अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौं फिफा महिला विश्वकपको दोस्रो दिनका तीनै खेल सम्पन्न भएका छन् । स्विट्जरल्याण्ड र स्पेन विजयी भए भने नाइजेरिया र क्यानाडाले बराबरी खेले ।
महिला फुटबलको महाकुम्भ मानिने फिफा महिला विश्वकप २०२३ को पहिलो दिन विहीबार दुई खेल भएका थिए। न्युजिल्याण्डको अकल्याण्डमा भएको पहिलो खेलमा न्युजिल्याण्डले नर्वेलाई १-० ले पराजित गरेको थियो भने अष्ट्रेलियाको सिड्नीमा आयोजित दोस्रो खेलमा अष्ट्रेलियाले आयरल्याण्डलाई १-० ले पराजित गरेको थियो।
जुलाई २० देखि अगस्ट २० सम्म अष्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना भैरहेको नवौं संस्करणको फिफा महिला विश्वकपमा ३२ राष्ट्रको सहभागिता रहेको छ।