काँग्रेस रुपान्तरण अभियानको सुझाव– भ्रष्टाचार काण्डमा दोषी देखिएकालाई निलम्बन गर्नुपर्छ

नेपाली काँग्रेस रुपान्तरण अभियानले भ्रष्टाचार काण्डमा दोषी देखिएका नेता वा सदस्यहरुलाई निलम्बन गर्नु सुझाव दिएको छ। अभियानले मंगलबार सभापति देउवालाई बुझाएको २१ बुँदे प्रतिवेदनमा उक्त सुझाव दिएको हो।

अभियान्ताहरुले नक्कली भुटानी शरणार्थी प्रकरण र दलिता निवास जग्गा प्रकरणलगायत भ्रष्टाचार काण्डमा दोषी ठहरिए नेता कार्यकर्तालाई निलम्बन गर्न सुझाव दिएको छ।

‘नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवासलगायत भ्रष्टाचार काण्डमा दोषी देखिएका पार्टीका नेता वा सदस्यहरुलाई तत्काल निलम्बन गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ।

त्यस्तै अभियानले हरेक अख्तियार दुरुपयोग वा भ्रष्टाचारका घटनाको छानबिन तथा अनुसन्धानमा पार्टीले पूर्णरुपमा सहयोग गर्नुपर्ने सुझाव दिएको  छ।

प्रकाशित मिति: : 2023-07-18 13:49:00

प्रतिकृया दिनुहोस्