रास्वपा उपसभापति अर्याललाई ‘ज्यान मार्ने’ धम्की दिएको आरोपमा कालिकोटे पक्राउ

फाइल तस्बिर: डाेलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।

उपसभापति अर्याललाई ज्यान मार्ने आशयले धम्की दिएको आरोपमा खोटाङका ३८ वर्षीय विजय कालिकोटेलाई असार २० गते पक्राउ गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

एसएसपी कार्कीकाअनुसार कालिकोटेले असार १९ गते राति १ : २६ बजे म्यासेजमार्फत् धम्की दिएका थिए।

कालिकाेटेलाई उजुरीका आधारमा पक्राउ गरिएकाे हाे।

प्रकाशित मिति: : 2023-07-17 13:42:00

प्रतिकृया दिनुहोस्