कोशी सरकार भंग गर्न एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कोशी सरकार तत्काल भंग गर्न माग गरेको छ।

शनिबार बसेको सचिवालय बैठकले असंवैधानिक ढंगले गठन गरिएको कोशी सरकार भंग गरी नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरू गर्न माग गरेको हो।

वर्तमान सत्ता गठबन्धनले संवैधानिक संस्थामा हस्तक्षेप गर्ने र निष्प्रभावी बनाउने तथा लोकतन्त्रको जरो खल्बल्याउने कार्य गरिरहेको भन्दै एमालेले सत्ता गठबन्धनप्रति आपत्तिसमेत प्रकट गरेको छ। 

कोशीमा सभामुखको समेत हस्ताक्षर प्रयोग गरी कांग्रेस नेता उद्धव थापाको नेतृत्वमा बहुमतको सरकार गठन भएको छ।

एमालेले सभामुख सरकार निर्माणमा संलग्न हुनु नेपालको संविधान, नियन्त्रण र सन्तुलनको विश्वव्यापी मान्यता र हाम्रो आफ्नै लोकतान्त्रिक संसदीय परम्पराको बर्खिलाप भएको टिप्पणी गरेको छ।

प्रकाशित मिति: : 2023-07-15 19:13:00

प्रतिकृया दिनुहोस्