सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको छ।
दुर्घटनास्थलबाट सुरूमा पाँच जनाको शव फेला परेकाे र पछि एक जना शव निकालिएकाे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए।
दुर्घटनामा परेको मृत्यु हुनेमा हेलिकप्टर चालक र पाँच जना मेक्सिकन नागरिक रहेका छन्।
मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियाे।
उक्त हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा लाम्जुरामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हाे।
दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ।