रास्वपालाई संसदमा वाइपास गरियाे: रवि लामिछाने (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले रास्वपाको स्पष्ट धारणा भएपनि संसदमा बोल्न नदिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको साेमबारकाे बैठकमा बोल्दै सांसद लामिछानेले रास्वपा प्रतिपक्ष भएपनि जनताको मुद्दामा उभिएको बताए।

‘योभन्दा पहिलेको बैठकमा रास्वपालाई वाइपास गरेर बोल्न दिएन, यसमा घोर आपत्ति जनाउन चाहन्छ। रास्वपा प्रतिपक्षको भूमिकामा छ। रास्वपा प्रतिपक्षमा हुनुको पनि आफ्ना मुद्दाहरु छन्। रास्वपा अरुको मुद्दामा होइन, आफ्ना र आफ्ना जनताको मुद्दामा उभिएको छ’, उनले भने, ‘आफ्नो स्वतन्त्र अस्तित्वको साथ रास्वपा उभिएको छ। हामीले हाम्रो कुरा स्पष्ट राख्न पाएनौँ।’

यस्तै, लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन्। उनले प्रधानमन्त्रीकाे स्पष्ट धारणा माग गर्दै अभिव्यक्ति दिँदा सचेत हुन आग्रह गरे।

‘प्रधानमन्त्रीलाई सचेत हुन समेत अनुरोध गर्न चाहन्छु, ३५ हजार हैन ७ हजार मात्र लडाकु हो भन्दिनु हुन्छ। कहिले ५ हजारको जिम्मा लिन्छु भन्नुहुन्छ। कहिले कम्फटेवल भन्नुहुन्छ, कहिले सरकार नै अरुले बनाएको भन्नुहुन्छ। आफ्नो भनाइमा स्पष्ट हुन प्रधानमन्त्रीलाई अनुरोध गर्दछु। यस्तो अविव्यक्तिका लागि सचेत हुन समेत आग्रह गर्दछु।’

मिटरब्याजका सम्बन्धी विधेयक अन्तिम चरणमा संसदमा ल्याएर सरकारले गल्ती गरेकाे भन्दै उनले उक्त विधेयकप्रति रास्वपा सकारात्मक रहेकाले पुन: ल्याउन समेत आग्रह गरे।

प्रकाशित मिति: : 2023-07-10 17:09:00

प्रतिकृया दिनुहोस्