राजनीतिबाट बिदा भइन् एलिजा, अब के गर्छिन् ?

अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टीकी नेत्री एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा भएको घोषणा गरेकी छिन्।

धनरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (राई)लाई भेट्न धरान पुगेकी उनले मेयर साम्पाङसँगका तस्बिरहरु राख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन्।

‘...मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहने छन। अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु,’ उनले लेखेकी छन्।

फिल्म नचलेपछि राजनीतिमा होमिएकी उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको पाँच महिना मात्रै पुगेको छ। यो अवधिमा पनि उनी चर्चामा रहेकी थिइन्।

टीकापुर घटनाका दोषी रेशम चौधरीको रिहाको मागसहित माइतीघर मण्डलामा आन्दोलन गर्दा होस् वा रेशम चौधरीसँगै बसेर मुसाको मासु खाँदा होस् उनी चर्चामा नै थिइन्।

यद्यपि, चर्चाबीच गौतमले सक्रिय राजनीतिबाट बिदा भएर सामाजिक सेवामा लाग्ने बताएकी छिन्।

उनले आजै मात्रै मेयर साम्पाङलाई १० वटा सावेल हस्तान्तरण गरेकी छन्।

भिडियाे : 

प्रकाशित मिति: : 2023-07-06 12:37:00

प्रतिकृया दिनुहोस्