ललिता निवास प्रकरणः थप ३ जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा थप ३ जना पक्राउ परेका छन्।

आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारीसँगै घमनकुमार कार्की र बाबुराम महर्जनलाई पक्राउ गरेको हो।

यससँगै ललिता निवसा जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ। असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाहसहित ७ जना पक्राउ परेका थिए। सोही दिन प्रहरीले ३ जनालाई छाडेको थियो। 

ललिता निवास गग्गा प्रकरणमा पूर्व प्रमुख आयुक्त दीप बस्न्यात विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी १५० जना बढीमा भएको प्रहरी बताउँछ।

प्रकाशित मिति: : 2023-07-02 18:56:00

प्रतिकृया दिनुहोस्