नारायणगढ–मुग्लिन सडक फेरि राेकिएकाे छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको अधिकारीहरूले जनाएका छन्।
अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
पहिरामा विद्युतकाे तार छ। तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिएका छन्। पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले बताएका छन्।
सोही स्थानमा गत बिहीबारदेखि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन्।
पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडाैँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।