पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। रौनियारलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले शुक्रबार पक्राउ गरेको हाे।
पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद रौनियारविरुद्ध बाँकेमा ठगी मुद्दा दर्ता भएको छ।
उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले काठमाडौँलाई पत्राचार गरेको थियो। उनलाई ठगीसम्बन्धी कसूरमा पक्राउ गरिएकाे प्रहरी जनाएकाे छ।