नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
फरार रहेका २४ वर्षीय आशिष बुढाथोकीलाई साेमबार काठमाडौंको मण्डिकाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएकाे छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहमा संलग्न रहेकाे आराेपमा उनलाई पक्राउ गरिएकाे प्रहरीले बताएकाे छ। प्रहरीका अनुसार बुढाथोकीको खातामा शरणार्थीको नाममा ठगेको रकम डिपोजिट भएको पाइएकाे छ।
शरणार्थी प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जना पक्राउ परेका थिए। उक्त प्रकरणका आरोपितमध्ये ११ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।