‘आदिपुरुष’ प्रकरणमा बालेन: फेसबुकबाट दुनियाँलाई थर्काए, हलबाट प्रहरी फर्काए

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अदालतलाई नै ‘भारतीय गुलाम’ भन्दै कडा चुनाैतीका साथ भारतीय चलचित्रकाे प्रदर्शन राेक्न काठमाडाैँका सिनेमा हल-हलमा खटाएका नगर प्रहरी फिर्ता बाेलाएका छन्।

महानगरले काठमाडाैँका सिनेमा हलहरुमा १०-१० जनाकाे संख्यामा नगर प्रहरी खटाएकाे थियाे। तर, ती प्रहरीहरु शुक्रबार बिहान ८ बजे फिर्ता भएकाे हल व्यवसायीहरुले जनाएका छन्।

यद्यपि, नगर प्रहरी बल प्रमुख एसएसपी राजुनाथ पाण्डेले भने आफूहरु सिनेमा हलमै नपुगेकाे बताएका छन्। ‘हाेइन-हाेइन हामी हलमा नै गएका छैनाैँ, अहिले हामी सिनेमा हलबारे बाेल्न मिल्दैन। तर, हामी स्ट्याण्डबाइ बसेका छाैँ, मेयरसापले जे भन्नुहुन्छ त्यही गर्छाैँ,’ पाण्डेले भने।

उनले नगर प्रहरीहरु हल वरपर देखिनु सिनेमाकाे प्रदर्शन राेक्ने उद्देश्यले नभएर नियमित अनुगमन मात्रै भएकाे दाबी गरे।

दक्षिण भारतीय सिनेमा ‘आदिपुरुष’मा जानकी भारतीय छाेरी हुन भन्ने शब्द राखिएकाे भन्दै मेयर बालेनकाे ठाडाे आदेशमा काठमाडाैँका सिनेमा हलहरुमा भारतीय फिल्म प्रदर्शनमा राेक लगाए थिए। त्यसपछि बालेनकाे उक्त निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट परेकाे थियाे।

त्यसपछि अदालतले अन्तरिम आदेश दिएर सिनेमा सञ्चालन गर्न दिन भने पनि बालेनले अदालतकाे निर्णय पनि नमान्ने भन्दै चुनाैती दिएका थिए। यद्यपि, बालेनले शुक्रबार बिहान नगर प्रहरीहरु फिर्ता बाेलाएका छन्।

प्रकाशित मिति: : 2023-06-23 09:10:00

प्रतिकृया दिनुहोस्