चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

File Photo
File Photo

सर्वाेच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे छ।

न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश जारी गरेकाे हाे। शर्माको इजलासले सरकारको नाममा कारण देखाउन आदेशसमेत जारी गरेको छ।

आफूमाथि आक्रमण गर्नेहरूविरुद्धकाे मुद्दा फिर्ता लिने सरकारको निर्णय गैरकानुनी र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै निर्णय खारेज गर्न माग गर्दै चलाउनेले बुधबार सर्वोच्चमा रिट दर्ता गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै मुद्दा फिर्ता नलिन आदेश दिएकाे हाे।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि वि.सं. २०७७ असोज २० गते नेपाल विद्यार्थी संघका कार्यकर्ताले आक्रमण गरेका थिए। उनीमाथि आक्रमण गर्ने हरि आचार्य र महासचिव योगेन्द्रविरुद्ध जिल्ला अदालत, काठमाडौँमा मुद्दा दायर भएको थियो। तर मन्त्रिपरिषद बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्ध मुद्दा फिर्ता लिने निर्णय गरेको थियाे।

प्रकाशित मिति: : 2023-06-22 16:12:00

प्रतिकृया दिनुहोस्