जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशकाे पूर्वी तथा मध्य भू–भागमा मनसुनीकाे प्रभाव रहेकाे छ। अहिले काशी कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेकाे महाशाखाले बताएकाे छ।
कोशी जलाधारभित्र पर्ने स्थानमा २४ घन्टाभित्र ३८१.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
दिउँसोपख कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुँनेछ र बाँकी भूभागमा पनि आंशिक बदलीदेखि माैसम सामान्यता सफा रहने जनाएकाे छ। रातिपख देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरिएको छ।