हामीलाई नङ्ग्याउन खाेज्दा एमाले आफैं नाङ्गियाे– प्रचण्ड

फाइल तस्विर
फाइल तस्विर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलहरुले आफूलाई घेराबन्दी गरेकाे प्रतिक्रिया दिएका छन्।

प्रचण्डले बुधबार आफ्नाे पार्टी नेकपा (माओवादी केन्द्र)निकट पत्रकार संगठन प्रेस सेन्टरको प्रतिनिधिमण्डकाे टाेलीसँग यस्ताे गुनासाे गरेका हुन्।

उनले संसदमा समेत सभामुखले विभेदकारी भूमिका खेलेकाे बताउँदै उलने भने,‘हामीलाई नंग्याउन खोजेका थिए, उनीहरू आफैं नराम्रोसँग नाङ्गिए।’

उनले सरकारले राम्रा काम गरेकाे भए पनि प्रचार नभएकाे गुनासाेसमेत गरे।

प्रधानमन्त्री प्रचण्डले वर्तमान अवस्था आफूहरु सजिलो बलियो बनेको स्थितिबाट भएको नभई अप्ठ्यारो, जटिलता र धेरै खालका घेराबन्दीका बीचबाट लिइएको पहल बताए।

प्रकाशित मिति: : 2023-06-14 11:02:00

प्रतिकृया दिनुहोस्