सशस्त्र प्रहरीको नाम फेर्न योगेशको प्रस्ताव, विराजभक्तको समर्थन

Break n Links
Break n Links

नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘सशस्त्र प्रहरी बल नेपाल’को नाम फेर्न सुझाव दिएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा सशस्त्र प्रहरीसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै भट्टराईले ‘सशस्त्र प्रहरी बल’को नामबाट प्रहरी शब्द हटाएर ‘सशस्त्र सुरक्षा बल नेपाल’ राख्न उपयुक्त हुने सुझाव दिए।

उनले भने, ‘अर्ध सैनिक संगठन भनेपछि यसलाई प्रहरी भन्न पर्दैन। हामीसँग ७० वर्षदेखि सामुदायिक प्रहरीका रुपमा नेपाल प्रहरीले अपराध अनुसन्धानलगायतका काम गरिरहेकै छ। ‘सशस्त्र सुरक्षा बल नेपाल’ भनेर नाम राखियो भने यसले यो अर्ध सैनिक बलको भावनाको ठिक ढंगले सम्बोधन हुन्छ।’

इन्स्पेक्टर सन्तोषीको जीवनमा प्रेमको फन्दा भिडियो-

भट्टराईको प्रस्तावमा रास्वपाका सांसद विराजभक्त श्रेष्ठले समर्थन जनाए। उनले पनि सशस्त्रको नाम फेर्ने प्रस्ताव उचित रहेको बताएका छन्।

उनले भने, ‘यसअघि माननीयज्यूले नाम फेर्न उपयुक्त हुने सुझाव दिनुभयो। मलाई पनि त्यो ठिकै लाग्यो। यसको काम कर्तव्य र अधिकारलाई अझ परिस्कृत गर्नका लागि  ‘सशस्त्र सुरक्षा बल’ राख्न उचित हुन्छ।’

प्रकाशित मिति: : 2025-02-24 15:15:00

प्रतिकृया दिनुहोस्