अप्रेशन सिन्दूर

भारतलाई पाकिस्तानी अभिनेत्रीले दिइन् कायरताको ‘ट्याग’

Break n Links
Break n Links

जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत–पाकिस्तानको युद्द हुने होकि भन्ने शंका थियो।

तर भारतले बुधबार साढे १ बजे पाकिस्तानमाथि हमला गरेसँग युद्दको संकेत दिएको छ। 

भारतीय सञ्चारमाध्यककाअनुसार भारतले पाकिस्तान र पीओकेका ९ स्थानमा आक्रमण गरेको छ। जसमा सय जनाभन्दा धेरै मानिसहरूको मृत्यु भएको छ।

यो आक्रमणपछि पाकिस्तान आक्रोशित भएको देखिन्छ। साथै, पाकिस्तानी कलाकारहरू पनि भारतको उक्त आक्रमणपछि रिसाएका छन्। 

पाकिस्तानमा गरेको आक्रमणपछि हानिया आमिरदेखि माहिर खानसम्मले तिखो प्रतिक्रिया दिएका छन्।

हानिया आमिरले सेयर गरेको स्टोरीमा लेखिएको छ, ‘मैले कुनै पनि पाकिस्तानीलाई पहलगाम आक्रमणको उत्सव मनाएको देखेको छैन तर अनगिन्ती भारतीयहरूले ट्विटरमा निर्दोष मानिसहरूको मृत्युको उत्सव मनाइरहेका छन्।’

उनका अनुसार पाकिस्तानलाई आक्रमण गरेर भारतले कायरता देखायो। 

 हानिया आमिर बाहेक पाकिस्तानी अभिनेत्री माहिरा खान पनि भारतको अपरेशन सिन्दूरप्रति आफ्नो आक्रोश व्यक्त गर्दै देखिएकी छन्। 

माहिराले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेख्दै आफ्नो रिस व्यक्त गरिन्, ‘गम्भीर कायरता। अल्लाहले हाम्रो देशको रक्षा गरून्, बुद्धि आओस्। आमेन।’

पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। त्यहीकारण पनि भारतीय नागरिकहरू आक्रोश थिए। 

प्रकाशित मिति: : 2025-05-07 16:17:00

प्रतिकृया दिनुहोस्