राप्रपाले माग्याे प्रधानमन्त्रीकाे राजीनामा, सांसद शाहीले लगाए गम्भीर आरोप (भिडियाे)

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा मागेकाे छ।

प्रधानमन्त्रीविरुद्ध युद्ध अपराध सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएकाले तत्कालन राजीनामा दिनुपर्ने राप्रपाको भनाइ छ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नैतिकताका आधारमा प्रचण्ड प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने तर्क गरेका छन्। उनले राजीनामा दिएर प्रधानमन्त्रीले अदालती प्रक्रियालाई निष्पक्षरुपले अघि बढ्न दिनुपर्ने धारणा समेत राखेका हुन्।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतले ३० गते सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाजिर हुन भनेर पर्चा काटिसकेको छ। यो ३० गते प्रधानमन्त्रीज्यू अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि, पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ ? त्यसैले सम्माननीय प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ।’

प्रकाशित मिति: : 2023-06-11 21:29:00

प्रतिकृया दिनुहोस्