सांसदहरुको भूमिकालाई पाँच करोडमा अवमूल्यन गरियो: विष्णु पौडेल 

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका सांसद विष्णु पौडेलले अर्थमन्त्री प्रकाशशरण महतले सांसदहरुलाई अवमूल्यन गरिरहेको बताएका छन्।

आइतबार आगामी आर्थिक वर्षको बजेटमाथि छलफलमा भाग लिँदै पौडेलले संसदीय विकास पूर्वाधारका नाममा पाँच करोड बजेट छुट्याएर संसदको अवमूल्यन गरेको बताएका हुन्।

पौडेलले भने, ‘अर्थमन्त्री (महत) ज्यूले सांसदको भूमिकालाई पाँच करोडमा अवमूल्यन गरिरहनुभएको छ। मैले त चाहँदैनथे। तर बाध्य भएर भनेर सार्वजनिक रुपमा अभिव्यक्ति गरिरहनुभएको छ र मान्य सदस्यहरुलाई अपमान गरिरनुएको छ।’

साथै पौडेलले संसदीय विकास पूर्वाधारका नाममा छुट्याइएको सार्वजनिक शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा सम्बन्धित मन्त्रालयबाट व्यवस्था गर्न अर्थमन्त्री महतलाई आग्रह गरे।

प्रकाशित मिति: : 2023-06-11 13:09:00

प्रतिकृया दिनुहोस्