यौन दुर्व्यवहारका आरोपी मदन राई धरौटीमा रिहा

File Photo
File Photo

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मदन राई ४ लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालतमा खोटाङले साेमबार उनलाई ४ लाख धरौटीमा रिहा गरेको हो। 

आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेकाे थियाे।

पक्राउ परेका राईविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको थियो। जिल्ला न्यायाधीश सुवासबाबु परीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो।

फाउन्डेसनका संस्थापक मदनले पढाउन भनेर राखिएका बालबालिकाको संवेदनशील अंग चलाउने, शारीरिक सम्पर्कका लागि उक्साउने, आफ्नो शरीरका गोप्य अंग छुन लगाउने र आफू नग्न भएर विद्यार्थीसामु आपत्तिजनक हर्कत गर्ने गरेकाे आरोप छ।

मदन राईकाे बयान: व्यावहारिक शिक्षा सिकाउन यौनाङ्ग छुन र हेर्न लगाएकाे हुँ

प्रकाशित मिति: : 2023-06-05 19:06:00

प्रतिकृया दिनुहोस्