मदन राईकाे बयान: व्यावहारिक शिक्षा सिकाउन यौनाङ्ग छुन र हेर्न लगाएकाे हुँ

फाइल तस्विर
फाइल तस्विर

आफैंले सञ्चालन गरेकाे विद्यालयका विद्यार्थीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शुभद्र मदन (शुभम्) फाउण्डेसनका अध्यक्ष मदन राईले कसैमाथि दुर्व्यवहार नगरेको दाबी गरेका छन्।

आइतबार जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेसँगै सोमबार अदालतमा बयान गराउन थालिएको छ। बयानका क्रममा राईले आफूले कसैमाथि यौन दुर्व्यहार नगरेको तर व्यावहारिक शिक्षको लागि विद्यार्थीहरुलाई यौनाङ्ग छुन र हेर्न लगाएको बताएका छन्।

राईले बयानमा स्कुलमा पढाउने क्रममा विद्यार्थीहरुलाई लिङ्ग देखाएकाे र छुन लगाएकाे स्वीकारेका छन्।

यस्ताे छ, मदन राईको बयान :

मिति २०५८ सालदेखि जिल्ला खोटाङ खाल्ले गाविस वडा नम्बर १ काँडे भन्ने स्थानमा कृषि स्रोत नामक केन्द्र खोली कृषि तथा विभिन्न प्रकारका शिक्षा मूलक कामहरू संचालन गर्दै आएको छु। भौतिक असुविधाको कारण सो स्थानमा कृषि केन्द्र तथा शैक्षिक गतिविधिहरू संचालन गर्न कठिनाइ भएकोले २०६७ सालमा शुभद्रा मदन फाउनण्डेशन नामक संस्था दर्ता गरी कृषि स्रोत केन्द्रले गर्ने कृषि तथा शिक्षा मूलक कार्यहरूलाई शुभद्रा मदन फाउण्डेशन नामक संस्थामा मिलान गरेँ।

आर्थिक वर्ष २०६८/०६९ मा जिल्ला खोटाङ दिक्तेल गाविस वडा नम्बर ५ सोल्माडाँडा हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्मा डाँडागाउँस्थितमा जग्गा खरिद गरी कृषि तथा शिक्षा मूलक केन्द्र संचालन गर्दै आएको छु।

हामीहरूले विद्यार्थीहरुलाई किताब मात्र पढाएर दिने शिक्षाको विकल्प खोजी गरी प्राक्टिकल समेत गराउँदै पढाउने उद्देश्यले नेपाल सरकारसँग विद्यालयको मागगरेका थियौँ।

जिल्ला शिक्षा कार्यालय खोटाडबाट २०७२ सालमा मदन फाउण्डेसनको व्यवस्थापनमा संचालन गर्ने स्वीकृत पाए पश्चात साना बालबालिकाहरूलाई समेत सोही फाउण्डेसनमा राखी पढाउँदै आएकोमा हाल जाहेरवाली परिवर्तित नाम वृत्त नयाँ बानेश्वर २०७३ सालमा यस शुभद्रा मदन फाउण्डेसनमा आई श्रीजन जागृती माध्यमिक विद्यालयमा अध्ययन गर्दै शुभद्रा मदन फाउण्डेसनमा बस्दै आएकी थिइन्।

म हरेक कुराको प्राक्टिकल गराई शिक्षा दिने गर्छु। शिक्षा दिने क्रममा बालबालिकाहरू बलात्कृत नहुन भनेर निजहरूको निजी अंगहरूको बारेमा प्राय जसो ज्ञान दिने गर्छु।  यस्तो शिक्षा आजको आवश्यकता पनि हो भन्ने लाग्छ।

बालबालिकाहरूलाई महिनावरी हुने, स्तन वृद्धि तथा स्खलन हुने सुक्रकिट र अण्डाको बारेमा कुरा गर्ने गरेको छु। यी सबै शिक्षा दिने क्रममा गरेका क्रियाकलाप हुन्। मैले कसैलाई यौनदुरुपयोग गर्ने नियतले गरेको होइन।

सामाजिक मान्यतामा बालकभन्दा बालिका तथा महिला प्राय: गरी पीडित हुने भएकोले यौन हिंसा रोक्ने उदेश्यले मैले सशक्तिकरण तथा निडर बनाउन आमा शिक्षा दिनको लागि अभ्यास गराएको हुँ।

लजाउने, डराउने र राम्रीहरू बढी बलात्कृत हुने हुनाले निजहरूलाई अलि विशेष जोड दिई यौनको विषयमा शिक्षा दिने गरेको छु। यसै क्रममा निजहरूको संवेदनशिल अंग, स्तन, योनीलगायत अंगहरूको बारेमा संकेत गरी आफैंले हेर बुझ भन्दै पढ्न लगाई एकपटक म आफू स्वयम एसेम्लीमा गई कपडा खोली नाङ्गो भएर लिंग लगायत शरीरको संवेदनशील अंग देखाएको हुँ। यी क्रियाकलापहरू शिक्षा सिकाइका प्रकृया हुन्।

गलत नियतले मैले गरेको होइन आजसम्म मैले कसैलाई यौन दुर्व्यवहार र जवरजस्ती करणी गरेको छैन। आजसम्म फाउन्डेसनमा यौन शिक्षा दिने क्रममा कुनै प्रकारको समस्या आएको थिएन।

के कुन मनसायले मविरुद्ध यस प्रकारको जाहेरी दिएकी हुन सो मलाई थाहा भएन। विभिन्न मिडियाहरूमा आएका मिसिल संलग्न भिडियोहरू मेरो हो।

भिडियो नम्बर १ मा देखिएकी बालिका जाहेरवाली परिवर्तित नाम वृत नयाँ वानेश्वर हुन्। हाल शुभद्र मदन फाउनण्डेशन छाडी गईसकेकी छन्। हाल के कहाँ छिन् मलाई थाहा भएन।

भिडियो नम्बर २ मा रहेका बालिकाहरूमध्ये १ जना विवाह गरी गइसकेकी छन्। १ जना विद्यालय छाडी गइसकेकी र २ जना हाल पनि सोही फाउनण्डेशनमा अध्यानरत छन्।

भिडियो नम्बर ३, ४ र ५ भएका बालबालिकाहरु सबै शुभद्रा मदन फाउण्डेशनमा पढ्ने विद्यार्थीहरू हुन्। उल्लेखित भिडियोहरू मैले शुभद्रा मदन फाउण्डेशनमा बनाएको हो।

भिडियो नम्बर ६ मैले बनाएको भिडियो हैन पोर्न साइड अनुसन्धान गर्न डाउनलोड गरेको हुँ। शिक्षा दिने क्रममा गरेको कृयाकलापको भिडियो बनाई बदनियतपूर्वक सामाजिक संजालमा प्रकाशन गराएका रहेछन्।

बालबालिकाहरू भएको स्थानमा यौनाङग देखाउनु, छुनु कानून विपरितको कार्य हो भन्ने थाहा छ। तर, बालबालिकाहरूलाई यौनाङग भनेको मानिसको शरीर भित्र भएका तरल विकार पदार्थहरू निकाल्ने मुख्यद्वार भएको हुनाले सो कुराको बारेमा उनीहरूलाई जानकारी हुनुपर्छ भनी मैले यौनाङ्ग आफैंले समाइ छोई हेर, बुझ भनी सिकाएको हुँ।

प्रकाशित मिति: : 2023-06-05 13:55:00

प्रतिकृया दिनुहोस्