यौन दुर्व्यवहार गरेको आराेपमा कृषि विज्ञ ७५ वर्षीय मदन राई पक्राउ परेका छन्।
उनलाई प्रहरीले शुक्रबार बिहाज खोटाङमा आफूले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ बाट पक्राउ गरेको हो।
राईले आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पक्राउ गरिएकाे हाे।
उनीले आफैँले चलाएको फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक–पटक यौन दुर्व्यवहार गरेको भन्दै सेतोपाटी अनलाइनले समाचार सार्वजनिक गरेको थियो। उक्त समाचार सार्वजनिक भएसँगै मदनलाई प्रहरीले पक्राउ गरेको हो।
फाउन्डेसनका संस्थापक मदनले पढाउन भनेर राखिएका बालबालिकाको संवेदनशील अंग चलाउने, शारीरिक सम्पर्कका लागि उक्साउने, आफ्नो शरीरका गोप्य अंग छुन लगाउने र आफू नग्न भएर विद्यार्थीसामु आपत्तिजनक हर्कत गर्दै गरेका बताइएकाे छ।