नागरिक उन्मुक्ति पार्टीका सुप्रिमो रेशम चौधरी डिल्लीबजार कारागारबाट केही समयअघि रिहा भएका छन्।
रेशमलाई लिन उनका बुबा,आमा र श्रीमती डिल्लीबजार कारागार पुगेका थिए। उनको स्वागतका लागि ठूलो संख्यामा नागरिक उन्मुक्ति पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । उनीहरूले रेशमलाई फूलमाला लगाइदिदै भव्य स्वागत गरे।
टीकापुर घटनामा जन्मकैद पाएका रेशम राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि रिहा भएका हुन्। यसअघि आइतबार बिहानै सरकारले रेशमको १४ वर्ष ९ महिना कैद सजाय माफी गर्ने सिफारिस गरेको थियो।