कोशी नामाकरण खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताजु राईसहित ३० जनाभन्दा बढी पहिचानवादी पक्राउ परेका छन्।
कोशी नाम खारेज गरेर पहिचानका आधारमा नामाकरण गर्न माग गर्दै आन्दोलनका लागि आइतबार बिहान प्रदेशसभा भवन अगाडि पुगेका ३० भन्दा बढी पहिचानवादीलाई प्रहरीले पक्राउ गरेको हाे।
प्रदेशसभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ उनीहरु पक्राउ परेका हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि पक्राउ गरेको बताए।
प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आजबाट सुरु हुँदैछ। बजेट अधिवेशन सुरु हुनुअघि नै पहिचानवादीहरू आन्दोलनमा उत्रिएका हुन्।
प्रहरीले प्रदेशसभा सचिवालय आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ। विराटनगर आउने सवारी साधनको चेकजाँचमा पनि प्रहरीले कडाइ गरेको छ।