क्ल्याम्पहुक एकेडेमीले १०० बढी इन्जिनियरिङ तयारी गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै

क्ल्याम्पहुक एकेडेमीले इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी गर्ने विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्ने भएकाे छ।

काठमाडौंको बबरमहलमा रहेको एकेडेमीले विगत चार वर्षदेखि इन्जिनियरिङको प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गराउँदै आइरहेको छ। जसकाे लागि छात्रवृत्ति परीक्षा सञ्चालन गर्ने भएकाे छ।

एकेडेमीले यही जेठ १३ गते शनिबार छात्रवृत्ति दिनका लागि परीक्षा गराउन लागेकाे हाे। एकेडेमीले प्रत्येक सिफ्टको प्रथम विद्यार्थीलाई निःशुल्क अध्यापन गराउने प्रिन्सिपल जनक लम्सालले जानकारी दिए।

त्यस्तै उत्कृष्ट १० जनाभित्र पर्नेलाई पचास प्रतिशत छुट र उत्कृष्ट २० जनाभित्र पर्नेलाई दश प्रतिशत छुट दिने एकेडेमीले जनाएको छ।

जम्मा चार वटा सत्रमा हुने छात्रवृत्ति परीक्षाको समग्रतामा प्रथम हुने विद्यार्थीले एउटा ल्यापटप पाउने प्रिन्सिपल लम्सालले बताए।

एकेडेमीले भौतिक कक्षासँगै अनलाइन कक्षा पनि सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: : 2023-05-25 18:43:00

प्रतिकृया दिनुहोस्