ए डिभिजन लिग: फ्रेन्ड्ससँग सातदोबाटो पराजित

काठमाडौँमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत सातदोबाटो युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएको छ।

बिहिबार एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सले सातोबाटोलाई ४:० ले पराजय गरेको हो। खेलको पहिलो मिनेटमै रफिज अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए। त्यस्तै, खेलको ५५ औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गरेर फ्रेन्ड्सलाई दोस्रो सफलता दिलाए।

यता,खेलको ८७ औं मिनेटमा टोरिस जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई ३:० को अग्रता दिलाए। खेलको ९० औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गरेर फ्रेन्ड्सलाई सफलता दिलाए।

यस जितसँगै फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोडेको छ भने सातोबाटोले २१ खेलमा २९ अंक जोडेको छ।

प्रकाशित मिति: : 2023-05-25 17:30:00

प्रतिकृया दिनुहोस्