वनमन्त्री र शिक्षा राज्यमन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।

मंगलबार नियुक्त भएकाे वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित विशेष समारोहमा शपथ लिएका हुन्।

वनमन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरु दुबैलाई मन्त्री र राज्यमन्त्रीमा मङ्गलबार नियुक्त गरेका थिए। उनीहरूको नियुक्ति र सपथसँगै वर्तमान मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

प्रकाशित मिति: : 2023-05-24 11:00:00

प्रतिकृया दिनुहोस्