शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि आर्थिक वर्ष २०७८–०७९ मा १४० विद्यालयहरू छनौट गरेको थियो। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यकम (लर्निङ बाइ अर्निङ) विद्यालय सहयोग कार्यक्रमका लागि सिद्धार्थ नमूना मावि घोप्टेओढार छनौट भएको हो।
सिद्धार्थ नमूना माविले कृषि तथा पशुपालन कार्यक्रमअन्तर्गत हाल लसुन र आलु खेती गरेको छ। आलु तथा लसुन खेतीमा ४७ जना विद्यार्थी सहभागी भएका छन् भने कुखुरा पालन कार्यक्रममा ६० जना विद्यार्थी जोडिएका छन्।
झन्डै २ बिगाह जग्गामा २२ क्वीन्टल आलु खेती भएको छ भने विद्यालय परिसरको करेसाबारीमा लसुन खेती भएको छ। आलु खेतीमा ५ लाख ९३ हजार र लसुनमा १ लाख ८० हजारको लागत रहेको छ।
त्यसैगरी कुखुरा पालनमा २ लाख ४५ हजार लागत रहेको छ। यस आर्थिक वर्ष १० लाख १७ हजार लागतमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष के.बी. गुरुङले बताएका छन्। विद्यालयले विगतको वर्षमा बंगुर पालन थालेको थियो।