नेकपा (माओवादी केन्द्र)निकट विभिन्न भातृ संगठनहरुले शरणार्थी प्रकरणमा मुछिएहरुलाई कारबाहीको माग गर्दै प्रर्दशन गरेका छन्। उनीहरुले शुक्रबार दिउँसो माइतीघर मण्डलाबाट सुरु गरे नयाँ बानेश्वरसम्म दबाबमुलक प्रदर्शन गरेका हुन्।
शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छाड्न नहुने उनीहरुको माग छ। उनीहरुले भ्रष्टाचारको फाइल खोलेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यावद दिएका छन्।