बालकृष्ण खाँणलाई अदालतमा पेस गरिँदै (तस्बिरसहित)

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई अदालतमा पेस गर्न लागिएको छ।

बुधबार बिहान पक्राउ गरेर काठमाडौँ प्रहरी परिसर, टेकुमा राखिएका उनलाई अहिले जिल्ला अदालत काठमाडौँमा लगिएको हो। उनलाई आजै अदालतबाट म्याद थप गरी अनुसन्धान थाल्ने प्रहरीको तयारी छ।

उनीमाथि गृहमन्त्री हुँदा नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठ गरेर करोडौँ पैसा असुलेको आरोप छ।

प्रकाशित मिति: : 2023-05-10 15:02:00

प्रतिकृया दिनुहोस्