नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्य मन्त्री बन्ने भएका छन्।
महिला बालबालिकामन्त्री बनेसँगै उनले शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ।
त्यसैगरी हाल महिला, बालबालिकामन्त्री रहेका महिन्द्र राय यादवको भने मन्त्रालय परिवर्तन हुने भएको छ।
यसअघि वैशाख २१ गते कांग्रेस सांसदहरू धनराज गुरुङले कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतले स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूले युवा तथा खेलकुदमन्त्रीको शपथ लिएका थिए।