उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा जरुरी छ: शशाङ्क कोइराला

File Photo
File Photo

नेपाली कांग्रेसका नेता प्रा डा शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन्।

शुक्रबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए।

उनले भने, 'हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ।' पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ।

उनले थपे, 'अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ।' उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उनको अनुमान छ। अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको बताए।

प्रकाशित मिति: : 2023-05-05 16:16:00

प्रतिकृया दिनुहोस्