मिटरब्याजीलाई कारबाही गर्न सरकारले अध्यादेश ल्याएको छ। मंगलबार मन्त्रिपरिषद्को बैठकले अध्यादेश ल्याउने निर्णय गरेसँगै बुधबार राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका हुन्।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम पौलले नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
मिटरब्याज पीडितसँग सम्झौता गर्दै सरकारले १९ चैतमा फास्ट ट्रयाकबाट कानुन ल्याउने बताएको थियो। कानुन बनेसँगै मिटरब्याजीलाई कार्बाही गर्न बाटो खुल्नेछ।