दार्चुलाकाे हिमपहिरो: घटनास्थल पुग्यो सशस्त्र प्रहरी बल, हिउँ र कुहिरोका कारण उद्दार कार्यमा कठिनाइ

फाइल तस्विर
फाइल तस्विर

दार्चुलाको व्याँस गाउँपालिका- १ बोलिनमा हिमपहिरोमा पुरिएका स्थानीयहरुकाे उद्दारकाे लागि हिँडेकाे सशस्त्र प्रहरी बलकाे टाेली घटनास्थल पुगेकाे छ।

छाङरुबाट गएकाे सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्मकाे टाेली घटनास्थल पुगेकाे टाेलीमा सहभागी सई चन्द्रबहादुर राेकायले बिएल नेपाली सेवालाई जनाकारी दिएका छन्।

उनकाअनुसार हिमपहिराेमा परेका अझै ५ जना बेपत्ता छन्, भने एक जना सख्त घाइते अवस्थामा भेटिएका छन्। हिमपहिराेबाट यार्सागम्बा संकलकहरुले बनाएका तीन वटा टेन्ट पुरिएका छन्।

त्यसैगरी यार्सागुम्बा संकलन गर्न गएका ५ जना भने जंगलमा सकुशल भेटिएका छन्, उनीहरुलाई छाङरु ल्याइने प्रयास गरिएकाे छ।

सशस्त्र प्रहरी बलकाे टाेली घटनास्थल पुगे पनि त्यहाँकाे भाैगाेलिक अवस्था र माैसमकाे कारण उद्दार कार्यमा कठिनाइ भएकाे सई राेकायले जानकारी दिए।

‘उद्दार कार्यमा कठिनाइ भएकाे छ। रात पनि पर्न लाग्याे, त्यसमाथि अहिले यहाँ हिउँ पनि परेकाे छ, कुहिराे पनि लागेकाे छ,’ उनले भने, ‘हामी उद्दारकाे प्रयासमा छाैँ।’

मंगलबार दिउँसाे २:३० बजेकाे समयमा हिमपहिराे गएकाे थियाे।

प्रकाशित मिति: : 2023-05-02 18:55:00

प्रतिकृया दिनुहोस्