स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति पाैडेल आज स्वदेश फर्किने

फाइल तस्बिर: राष्ट्रपति रामचन्द्र पाैडेल

उपचारकाे क्रममा भारतमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल आज (आइतबार) स्वदेश फर्किने भएका छन्। आइतबार बेलुकी ८:३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट आज स्वदेश फर्कने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

छातीमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइहेका राष्ट्रपति पाैडेललाई डाक्टरकाे सल्लाहमा गत वैशाख ६ गते भारत लगिएकाे थियाे।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको छ।

प्रकाशित मिति: : 2023-04-30 16:30:00

प्रतिकृया दिनुहोस्