नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई इलाममा नाराबाजीसहित कालो झन्डा देखाइएकाे छ।
बिहीबार एमालेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बाेधन गर्न इलाम पुगेका ओलीविरुद्ध कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले नाराबाजी र कालो झन्डा प्रदर्शन गरेका हुन्।
कार्यक्रमका लागि इलाम बजार गएका अध्यक्ष ओलीसहित, उपाध्यक्ष सुवास नेम्वाङ, प्रदेश सांसद राम रानामगरलगायतका नेतालाई लक्षित गर्दै आन्दोलनकारीले नाराबाजीसहित कालो झन्डा देखाएका हुन्।
प्रदर्शनका क्रममा प्रहरीले केही आन्दालनकारीलाई पक्राउ गरेकाे छ।