सिके राउतले दिए उपेन्द्रलाई बधाई

राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ मा भएकाे उपनिर्वाचनमा विजयी भएका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिएका छन्।  

५ हजार भन्दा बढी मतान्तले यादव विजयी भएका थिए। यादवले २८ हजार चार १५ मत प्राप्त गरे भने जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन्।

जित पछि बधाई दिँदै राउतले भने, 'निर्वाचन हो, ३४ जना उम्मेदबारमध्ये एउटाले न जित्ने हो। अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेबारी सहृदयताका साथ वहन गरेको छ।'

जनमतले पार्टीले जनताको माया पाएको भन्दै राउतले मतदान गर्ने सबैलाई धन्यवाद भनेका छन्। 



बारा–२ मा उपेन्द्र यादव विजयी

प्रकाशित मिति: : 2023-04-26 06:44:00

प्रतिकृया दिनुहोस्