रुख र सूर्यकाे 'कोर एरिया'मा रविको धावा, उपेन्द्रले बढाउँदै मतान्तर 

BreaknLinks
BreaknLinks

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिस रवि लामिछानेले चितवन–२ बाट आक्रामक मत प्राप्त गरेका छन्। शनिबार भएको उपनिर्वाचनको मतगणना भइरहेको समयमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको मत आक्रामक देखिएको हो। 

उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेका उम्मेदवार जीतनारायण श्रेष्ठलाई ३३ हजार ८०९ मतले पछि पार्दै फराकिलो मतान्तरले लिड गरिरहेका छन्। बिहान सवा ८ बजेटको प्राप्त मत परिणामअनुसार लामिछानेको जित निश्चित छ। 

प्राप्त मतपरिणामअनुसार उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेका उम्मेदवार श्रेष्ठले मात्र ७ हजार ६९५ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानले ७ हजार ३९९ मत प्राप्त गरेका छन्। 

चितवन–२ मा ७८ हजार २७७ मत खसेको थियो। अब करिब १२ हजार मत गणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपेन्द्र यादवले मतान्तर बढाउँदै 

बारा–२ का उम्मेदवार तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निरन्तर मतान्तर बढाउँदै लगेका छन्। बिहान ६ बजेको मतपरिणामअनुसार यादवले उनका निकटतम प्रतिष्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहलाई २ हजार मतान्तरले पछाडि पारेका थिए। 

दुई घण्टापछि ८ बजे प्राप्त मत परिणामअनुसार यादले मतान्तर बढाउँदै कुशवाहलाई ४ हजार मतान्तरले पछाडि पारेका छन्। यादवले १० हजार ११९ मत प्राप्त गर्दा कुशवाहले ६ हजार ८०६ मत प्राप्त गरेका छन्। यस्तै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार पुरुषोतम पौडेलले ४ हजार ११ मत प्राप्त गरेका छन्।

बारा २ मा मा १० जना राजनीतिक दल र २४ जना स्वतन्त्र गरी ३४ जना उम्मेदवार छन्।

प्रकाशित मिति: : 2023-04-25 08:41:00

प्रतिकृया दिनुहोस्