स्वर्णिम वाग्लेलाई बधाई दिन किन डराइरहेका छन् गगन थापा!

डा. स्वर्णिम वाग्लेले तनहुँ–१ बाट भारी मतान्तरसहित उपनिर्वाचनको नजिता आफ्नो पक्षमा पारेका छन्।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार बढी मतले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्ले विजयी भएका हुन्।

भट्टराईले हार स्वीकार गर्दै वाग्लेलाई बधाई–शुभकामना मंगलबार एकाबिहानै दिइसकेका छन्। तर त्यही कांग्रेस पार्टीका महामन्त्री तथा वाग्लेका पुराना मित्र गगन थापा भने अहिलेसम्म मौन छन्।

सामाजिक सञ्जालमा चर्चा भइरहेको छ– स्वर्णिम वाग्लेलाई बधाई दिन किन डराइरहेका छन् गगन थापा! एक महिनाअघिसम्म गगन–स्वर्णिमको सबैभन्दा राम्रो सम्बन्ध थियो। उनीहरू एकअर्काको प्रंससा गरेर कहिल्यै थाक्दैनथे। तर सत्ता स्वार्थले गगन–वाग्लेको सुमधुर सम्बन्धलाई एक महिनामा ढाटा लैगयो।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य वाग्ले र कांग्रेस महामन्त्री थापाका समर्थक–प्रशंसक लगभगलगभग उस्तैउस्तै छन्। तर वाग्लेको पक्षमा खुलेर लागेका नेता–कार्यकर्ताहरू भन्छन्, ‘स्वर्णिम दाइको जितमा गगन दाइ हाँस्नुपर्छ। रमाउनुपर्छ। अब रोएर हुँदैन। यो राजनीति हो, हारजित, पक्षविपक्ष भइहाल्छ नि।’

वाग्ले समर्थकले यति भनिरहँदा महामन्त्री थापालाई एउटा डर चाहीँ पक्कै छ– यति छिट्टै बधाई दिइहाल्नु र! सभापति शेरबहादुर देउवा र भाउजू समूहले सामाजिक सञ्जालमा लखेटिहाल्छ कि?



तनहुँ–१ मा भारी मतान्तरसहित स्वर्णिम वाग्ले विजयी

गगन–कांग्रेसले पर्खिरहेको ‘स्वर्णिम जित’

प्रकाशित मिति: : 2023-04-25 17:15:00

प्रतिकृया दिनुहोस्