तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन्। उनले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १५ हजार बढी मतले हराएका हुन्।
वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का सर्वेन्द्र खनालले८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन्।
तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो। वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन्।