बारा–२: शिवचन्द्र कुशवाहाले लिए अग्रता, पछि परे उपेन्द्र 

File Photo
File Photo

बारा क्षेत्र नं. २ मा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले अग्रता लिएका छन्। साेमबार अपराह्नबाट सुरु भएकाे मतगणनामा कुशवाहाले ८९५ मतसहित अग्रता लिएका हुन्।

त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ७८७ मत प्राप्त गरी दोस्रोमा छन्। नेकपा (एमाले)का पुरुषोत्तम पौडेल ५२३ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३९ मत ल्याएका छन्।

बारा क्षेत्र नं २ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो। महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन्। सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: : 2023-04-24 15:52:00

प्रतिकृया दिनुहोस्