तनहुँ १: स्वर्णिम वाग्लेले कटाए १२ हजार मत, पछ्याउँदै गोविन्द भट्टराई

प्रतिनिधिसभा सदस्यकाे उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले १२ हजार मत कटाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४६ मत प्राप्त गरेका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले मात्रै ४ हजार २ एक १९ मत पाएका छन्। तनहुँ– १ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो।

प्रकाशित मिति: : 2023-04-24 12:56:00

प्रतिकृया दिनुहोस्