उपनिर्वाचन: चितवनका दुई केन्द्रमा मतदान स्थगित

चितवनको दुई वटा केन्द्रमा मतदान स्थगित भएको छ। भरतपुर महानगरपालिका–११ मा रहेको नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालय र भरतपुर–७ को कृष्णपुर मावि मतदान केन्द्रमा मतदान स्थगित भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र अन्य दलका कार्यकर्ताबीच विवाद भएपछि यी दुई मतदान केन्द्रमा मतदान स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-04-23 14:30:00

प्रतिकृया दिनुहोस्