बारा २: दुईवटा मतपत्र खसाउन खोजेपछि जसपाका नेता यादव पक्राउ (भिडियाे)

बारा क्षेत्र नम्बर २ मा मतपेटिकामा दुईवटा मतपत्र खसाउन खोजेपछि जनता समाजवादी पार्टी (जसपा)का एक नेता पक्राउ परेका छन्।

बाराको देवताल गाउँपालिका-७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रमा दुईवटा मतपत्र खसाउन खाेजेपछि जसपाका नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादव पक्राउ परेका हुन्।

मतदान केन्द्र नै कब्जा गरी बाहिरबाटै मतपत्र ल्याएर मत खसाउन खाजेपछि यादवलाई पक्राउ गरिएकाे पहरीले जनाएकाे छ। 

प्रकाशित मिति: : 2023-04-23 11:01:00

प्रतिकृया दिनुहोस्