गण्डकीका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

फाइल तस्बिर
फाइल तस्बिर

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्।

शनिबार प्रदेश सभामा विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका हुन्।

६० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत पाउन मुख्यमन्त्री अधिकारीलाई ३१ सांसदको समर्थन आवश्यक थियो। तर उनको पक्षमा २४ जना मात्र रहे। यस्तै विपक्षमा ३५ मत पर्यो।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा पुस २५  गतृ उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित मिति: : 2023-04-22 18:40:00

प्रतिकृया दिनुहोस्