आज गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

File Photo
File Photo

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार (आज) विश्वासको मत लिदैछन्। दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा अधिकारीले विश्वासको मत लिन लागेको हुन्। 

केन्द्र सरकारको समिकरण फेरिएसँगै चैत १० गते माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसपछि मुख्यमन्त्री अधिकारी अल्पमतमा परेका थिए। 

सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले ३० दिनपुग्नु अघिल्लो दिन शनिबार विश्वासकोमत लिन लागेका छन्। उनले विश्वासको मत लिन लागेको भएपनि विश्वासको मत पाउन सक्ने अवस्था देखिँदैन। 

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ। तर एमालेका २२ र राप्रपाका दुई गरी अधिकारीलाई २४ सांसदको मात्रै समर्थन रहने देखिन्छ। 

गण्डकीमा कांग्रेसका २७, माओवादी केन्द्रका ७ र एकीकृत समाजवादीका एक सांसद छन्। मुख्यमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा अब गठबन्धनको नेतृत्वमा सरकार बन्नेछ।

गण्डकीमा काँग्रेस र माओवादीले आलोपालो सरकार चलाउने सहमति भएको नेताहरू बताउँछन्।

प्रकाशित मिति: : 2023-04-22 08:54:00

प्रतिकृया दिनुहोस्