राष्ट्रिय सभा बैठक स्थगित

GOOGLE
GOOGLE

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

सचिवालले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको छ।

बैठक विशेष कारणबस आज समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सचिवालयका महासचिव भरतराज गौतमले उल्लेख गरेका छन्। 

राष्ट्रिय सभाको बैठक आज दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको थियो। 

प्रकाशित मिति: : 2023-04-18 11:46:00

प्रतिकृया दिनुहोस्