सभामुख निवासमा ३ दलका शीर्ष नेताहरुबीच छलफल

सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।

यसैगरी एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी रहेका छन्।

बैठकमा टीआरसी विधेयकलगायतका विषयमा छलफल भइरहेको बताइएकाे छ।

प्रकाशित मिति: : 2023-04-11 11:00:00

प्रतिकृया दिनुहोस्