अडियो प्रकरणबारे छलफल गर्न रास्वपाको अनुशासन आयोग बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक आज बैठक बस्दैछ।

सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्नका लागि बैठक बस्न लागेको हो।

बैठक ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने तय भएको छ।

गत पुसमा स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेसहित पार्टीका शीर्ष नेताहरूले २ करोड रूपैयाँ खोजेको भन्दै प्रसाईंसँग ढाकाकुमारले सहयोग मागेका थिए। प्रसाईंले पनि आफ्नो काम गर्ने शर्तमा उक्त रकम उपलब्ध गराइदिने वचन दिएको अडियो सार्वजनिक भएको थियो। 

अडियोमा सुनिएको वार्तालापको चौतर्फी विरोध भएपछि रवि लामिछानेको निर्देशनमा रास्वपाले सांसद ढाकाकुमारलाई निलम्बन गरेको छ। उनीविरूद्ध स्वयम् लामिछानेले अख्तियार र प्रहरी गुहार्ने सार्वजनिक अभिव्यक्ति दिएका छन्।

प्रकाशित मिति: : 2023-04-11 10:29:00

प्रतिकृया दिनुहोस्