एक–दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछः  प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले एक–दुई दिनमा पूर्णता पाउने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित माओवादी निकट सहकारीकर्मीको भेलालाई सम्बोधन गर्दै उनले छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन्।

उनले नयाँ सरकारले ध्यान नीति तथा कर्यक्रममा रहेको भन्दै उनले भने,  ‘सरकारले करिब–करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ।’

चैत्र १७ गते प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा ६ मन्त्रालय आफैंसँग राखेका थिए।

नेपाली कांग्रेस, जसपा र जनमत पार्टीले कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन नसक्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन।
 

प्रकाशित मिति: : 2023-04-05 12:00:00

प्रतिकृया दिनुहोस्